वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

नेप्सेमा नेगेटिभ सर्किट : अब बजार कता जाला ?

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको सेयर बजार खुलेको चौथो दिन बिहीबार नेगेटिभ सर्किट ब्रेक लागेपछि अब बजारले कस्तो लय लिन्छ भन्ने कौतुहल छ ।

सोमबार खुलेपछि बजार १२ अंकले घटे बजार मंगलबार र बुधबार अत्यधिक बढ्यो ।

बिहीबार भने ६ प्रतिशत भन्दा बढीले ओरालो लागेपछि सेयर कारोबार पूरा समय हुन पाएन । नेप्सेका अनुसार परिसूचक ८०.४१ बिन्दु अर्थात् ६.०२ प्रतिशत घटेर एकहजार २ सय ५६.११ मा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत १७.९९ बिन्दु अर्थात ६.२७ प्रतिशतले घटेको छ । कूल १४२ कम्पनीको कूल १० लाख ६१ हजार ८९० कित्ता शेयर रु. ४७ करोड ६६ लाख ५४ हजार ९७१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल ११ उपसमूह मध्ये बिहीबार सामूहिक लगानी कोषको बाहेक अरु सबैको शेयर घटेको छ । लगानी कोष ०.०१ ले बढ्दा बैंकिङ ८७.१४, होटल १२८.३७, विकास बैंक ७६.३५, जलविद्युत् ३४.९५, वित्त ०.०३, निर्जीवन बीमा १७८.३१, उत्पादन १२८.५२, अन्य ३१.३९, लघुपित्त ७१.२६ र जीवन बीमा ६०८.६१ ले घटेको स्टकले जनाएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ६ करोड ६ लाख ८२ हजार १२५ रुपैंया बराबरको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छकरोड ५३ हजार १७५, हिमालयन डिस्टिलरी तीन करोड ८४ लाख ३७ हजार २६५, एनआइसी एशिया बैंकको दुई करोड १८ लाख ३२ हजार ३५७, नागरिक लगानी कोष दुई करोड दुई लाख ६५६, एनएमबी बैंक एक करोड ९६ लाख ९० हहजार १३६ र नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ७८ लाख ७० हजार ४७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था ८.०७, गुर्खाज फाइनान्स ३.८१, गुडविल फाइनान्स ३.३८, नेपाल पुनर्विमा कम्पनी ३.१७, मितेरी डेभलपमेन्ट बैंक ३.०१ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.१० प्रतिशतले कमाए ।

त्यस्तै, सोल्टी होटल १०, प्रभु बैंक ९.९२, हिमालयन डिस्टिलरी ९.२७, लाइफ इन्स्योरेन्स कम्पनी ९.१५, ग्लोबल आइएमइ बैंक ९.१३, एशियन लाइफ इन्स्योरेन्स ८.८०, नेपाल बैंक ८.४६, नेपाल लाइफ इन्स्योरेन्स ८.३३ र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.३३ प्रतिशत गुमाए ।

राजनीतिक असर पर्‍यो : पूर्बबैंकर भट्टराई

पूर्बबैंकर अनलराज भट्टराई बिहीबार शेयर बजारमा नकारात्मक असर पर्नुको कारण राजनीतिक समेत भएको बताउँछन् । सत्तारुढ दलमा चर्को बिवाद देखिदा लगानीकर्ताको मनोबलमा केही असर परेको उनले बताए ।

यो नै प्रमुख कारण भने नभएको उनको विश्लेषण छ । मंगलबार र बुधबार त्यति धेरै बढ्छ भन्ने आफूले नसोचेको भन्दै बिहीबार घटेको बजारलाई पनि ठूलो रुपमा लिन नहुने उनले बताए ।

अहिले धेरै कुरामा अन्योल रहेका कारण बजार ह्वात्तै बढ्ने सम्भावना भने नरहेको भट्टराई बताउँछन् ।

यद्यपि, पछिल्लो समय अर्थमन्त्रालय, केन्द्रीय बैंक र नेपाल धितोपत्र बोर्डसमेत सकारात्मक छ भन्ने बुझिएकाले यसले बजारमा केही समयपछि राम्रै असर पर्ने उनले बताए ।

यसका लागि मौद्रिक नीति कुर्नुपर्ने उनको विश्लेषण छ । उनी बजार जति घटे पनि ११ सयभन्दा कम नहुने बताउँछन् । ‘सेयर बेच्न मौद्रिक नीतिसम्म कुर्दा राम्रो होला’, भट्टराई भन्छन्, ‘त्यसपछि बजारमा सुधार हुन्छ ।’