वि.सं.२०८३ असार ९ मंगलवार

एमालेबाट संखुवासभाको धर्मदेवीको मेयर उम्मेदवारमा पौडेल र उपमेयरमा गिरीको नाम सिफारिस

khanepani

संखुवासभा । नेकपा एमालेले संखुवासभाको धर्मदेवी नगरपालिकाको मेयरमा उदयचन्द पौडेल र उपमयेरमा लक्ष्मी गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश कमिटिले पौडेललाई मेयर र गिरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।सालिन र भद्र शोभावका पौडेल विगत लामो समयदेखि राजनीतिमा लागेका र हाल वडा न ५ का वडा अध्यक्ष समेत हुन् ।

विगत लामो समयदेखि समाज सेवामा सक्रिय लक्ष्मी गिरीलाई उपमयेरको रुपमा एमालेले उठाएको छ ।

संखुवासभा जिल्लामा भने गठबन्धन भएको छैन । एक्ला एक्लै लड्ने निर्णय गरेर नेपाली कांग्रेस बाहिरिएको हो।

ranechhap