वि.सं.२०८३ असार ९ मंगलवार

पार्टी निर्णयभन्दा बाहिर भेला नगर्न कांग्रेसका चितवन सभापतिको आग्रह

khanepani

चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र र जिल्ला कार्यसमितिको निर्णयभन्दा बाहिर गएर भेला, छलफल र गोष्ठि नगरिदिन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

शुक्रबार सूचना जारी गर्दै सभापति खनालले पार्टीको निर्णयभन्दा बाहिर जान नसक्ने परिस्थिति भएकाले पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको बताए । अनलाइनखबरसँग कुराकानी गर्दै पार्टी सभापति खनालले जिल्लाको निर्णय र कार्यकर्ताको भावनामा केही ठेस पुगेको भएपनि गठवन्धनभन्दा बाहिर जान सक्ने अवस्था नरहेको बताए ।

जिल्ला सभापति खनाललाई जिल्ला कार्यसमितिले गरेको निर्णयमा टेक्न दबाब बढेपछि उनले सूचना जारी गर्न लगाएका हुन् । ‘मलाई पनि प्रेसर छ, जिल्लाको निर्णय र बस्तुस्थितिका बारेमा मैले पार्टी केन्द्रलाई पनि भनेको छु’ सभापति खनालले अनलाइनखबरसँग भने, ‘गठवन्धनको यो प्रकृयालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर नजान भनेको हुँ ।’

ranechhap