वि.सं.२०८३ वैशाख २० आइतवार

सिरहाको गोलबजारमा जन्ती बोकेको बस र टिपर आपसमा ठोक्किँदा ३१ जना घाइते

khanepani

जनकपुरधाम । सिरहाको गोलबजारमा जन्ती बोकेको बस र टिपर आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको ना. ६ ख. ८२०१ नम्वरको बस र को. १ ख. ५४३४ नम्बरको टिपर ठोक्किएको हो । स्थानीयका अनुसार विपरीत दिशाबाट आइरहेको टिपर बसमा ठोकिएपछि दुर्घटना भएको छ ।

दुर्घटनामा दुवैका चालक र बसमा सवार जन्ती गरी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय र प्रहरीले स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा भर्ना गराएका छन् ।

दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए । सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको जन्ती चढेको बस दुर्घटनामा परेको हो ।

ranechhap