वि.सं.२०८३ जेठ ३० शनिवार

मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ

khanepani

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लवनिकटको विद्यार्थी संगठनले विरोध कार्यक्रम गरेको छ ।

अखिल क्रान्तिकारीले आज बिहान टेकुस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको हो ।

सो क्रममा विद्यार्थी नेताहरूले पटकपटक भाउ बढाएर सेवाग्राहीलाई मारमा पारेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब दिएका छन् ।

ranechhap