वि.सं.२०८३ वैशाख ७ सोमवार

ओली सरकारको शासनमा जनता आहात हुर्दै,अस्पताललाई पैसा तिर्न नसक्दा उठेन संक्रमितको शव

khanepani

विराटनगर । ‘समृद्ध नेपाल र सुखि’ ‘नेपाली ओली सरकारको नारा ।’ तर, जनता कोरोना महामारीका कारण मृतु हुदाँ समेत शब अस्पतालकै शैयामा । जनता सरकारी रबैयाको बन्दक कति दिन प्रश्न गम्भीर छ ।

विराट मेडिकल कलेजले कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो ।

उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको आफन्तले बताएका छन् ।

एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

‘भएको पैसा सबै सकियो, अब पैसा छैन,’ मृतककी छोरीले भनिन् ‘ऋण खोज्दा पाइएन, पैसा नतिरेसम्म अस्पतालले शव दिन्न भनेको छ ।’

उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको उनले बताइन् । ‘शनिबार विहान मृत्यु भएपनि आजसम्म शव ल्याउन पाइएको छैन,’ उनले भनिन्, ‘धेरै ठाउँ पहल गरियो तर शव निकाल्न सकिएन ।’

अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएको छ । अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको उनले गुनासो गरिन् ।

ranechhap