वि.सं.२०८३ जेठ ३० शनिवार

दाङमा चालक पक्राउको माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध

khanepani

दाङ । दाङमा सवारी दुर्घटनापछि फरार रहेका कार चालकको पक्राउको माग गर्दै मृतकका आफन्तिले पुर्वपश्चिम राजमार्ग बिहानैदेखि अबरुद्ध गरेका छन् ।

लमही नगरपालिका- ३ वनगाउँ स्थित मगलबार राती १० बजे कार र मोटरसाईकल एक आपसमा ठाेक्किदा राप्ती गाउँपालिका १ भालुवाङका करिब ३० बर्षका माेटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो ।

दुर्घटनापछि फरार रहेका कार चालकलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त बिहानैदेखि भालुवाङ बजारमा सडक अबरुद्ध गरेका छन् ।

मृतकका आफन्तले फरार रहेका कार चालकलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग राखेका छन् । प्रहरीले भने फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएको छ ।

ranechhap