08, Sep, 2024

हेटाैंडा उपमहानगरकाे बजेट २ अर्ब ८ कराेड,उपमेयर मिनाकुमारी लामाले आर्थिक बर्षका लागि अनुमानित बजेट पेश

Bagmati Voice
संवाददाता
१० असार २०७७, बुधबार ०४:३१ | ४ साल अगाडी

हेटाैंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ कराेड ६६ लाख ३३ हजार रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरेकाे छ ।

उपमहानगरकाे साताैं नगरसभामार्फत उपमहानगरका उपमेयर मिनाकुमारी लामाले आर्थिक बर्ष २०७७/ ०७८ का लागि अनुमानित बजेट पेश गरेकी हुन् ।
उपमहानगरले पेश गरेकाे बजेट मध्ये आन्तरिक स्राेतबाट २० कराेड १४ लाख ७९ हजार, राजस्व बाडफाडबाट ५५ कराेड ३ लाख ४४ हजार, प्रदेश सरकारकाे अनुदानबाट ८ कराेड ३५ लाख ९८ हजार, संघीय सरकार अनुदानबाट ९८ कराेड ९९ लाख र चालू वर्षकाे असार मसान्तसम्म बचत राजश्व २६ कराेड १३ लाख ११ हजार रुपैयाँबाट व्यहाेरिने उल्लेख छ ।

उपमहानगरले हाल देखिएकाे काेराेना संक्रमण राेकथाम नियन्त्रण र उपचार काेषका लागि २ अर्ब ५० कराेड रुपैयाँ बिनियाेजन गरेकाे छ । उपमहानगरमा बसाेवास गर्ने नगरवासीमा काेभिड संक्रमण भई मृत्यु भएमा परिवारलाई काेराेना राेकथाम नियन्त्रण काेषबाट राहत स्वरुप ३ लाख रुपैयाँ दिने भएकाे छ ।

उपमहानगरले आर्थिक बिकासका लागि गाेठ सुधार, पशुपालन, घाँस औषधि खरिदका लागि १ कराेड ५८ लाख, व्यवसायिक कृषि क्षेत्र प्रबर्द्धनका लागि २ कराेड ९६ लाख बिनियाेजन गरेकाे छ ।

सामाजिक बिकासका लागि हेटाैंडा-८, चन्द्राेदय माबिमा प्याराफिट सिहतकाे खेलकुद प्रशिक्षण केन्द्रका लागि २ कराेड ५० लाख, नमूना बिद्यालय भाैतिक पुर्वाधारका लागि २ कराेड ३५ लाख, सामुदायिक बिद्यालयका छात्राहरुका लागि नि: शुल्क सेनेटरी प्याड व्यवस्थापनकाे लागि १ कराेड ३ लाख रुपैयाँ बिनियाेजन गरेकाे छ ।

उपमहानगरले नगरवासीकाे आर्थिक तथा सामाजिक परिवर्तनका लागि निर्माण थालेकाे ६६ किलाेमिटर लामाे चक्रपथ निर्माणमा निरन्तरता दिने भएकाे छ । यसका लागि २ कराेड बिनियाेजन गरेकाे छ ।

काेराेना संक्रमणसँगै बैदेशिक राेजगारबाट फर्किएका तथा काेराेना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने जनाइएकाे छ ।

सभामा उपमेयरले पेश गरेकाेे नीति तथा कार्यक्रममा चालू आर्थिक बर्षकाे अहिलेसम्मकाे अवधिमा चालुतर्फ ७५ कराेड ३८ लाख २२ हजार र पुँजीगत तर्प ३१ कराेड ७७ लाख ४१ हजार गरी कुल १ अर्व ७ कराेड १५ लाख रुपैयाँ खर्च भएकाे उल्लेख छ । उपमहानगरले चालू आर्थिक बर्षमा आन्तरीक श्राेत परिचालनबाट १७ कराेड ३ लाख ५६ हजार समेत कुल १ अर्व ५८ कराेड ५८ लाख रुपियाँ राजश्व संकलन गरेकाे छ ।

१० असार २०७७, बुधबार ०४:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading