वि.सं.२०८३ वैशाख २३ बुधवार

लुम्बिनीमा किसानले घरमै बसेर बीउविजनको जानकारी पाउने सफ्टवेयर

khanepani

रुपन्देही । किसानले कुन बीउबिजन कुन समयमा लगाउने र कुन बीउबिजन लगाएमा बढी उत्पादन हुनसक्छ भन्ने जानकारी नपाएका कारण धेरै पीडित हुनुपरेको छ ।

समयमा बीउबिजन नपाउनु, सूचिकृत बीउबिजन नपाउँदा त्यसबाट उत्पादन नभए लगानी डुब्ने तर क्षतिपूर्ति नपाउने, परम्परागतरुपमा तानिदै आएका बीउबिजनलाई परीक्षण गरी उत्पादनमूलक छ वा छैन भन्ने जानकारीबिना नै प्रयोग गर्नुपर्ने र किसानलाई लोभ देखाएर कमसल बीउबिजन बेच्नेलाई कुनै कारबाही नभएका कारण धेरै किसानहरु यसको चपेटामा परेका छन् ।

लुम्बिनी प्रदेशमा ६ वटा जिल्ला भारतसँग खुला सीमा भएका कारण कमसल बीउबिजन भारतबाट आएपनि त्यसको परीक्षणका कुनै विधि नहुने र सिंगो प्रदेशका १२ जिल्लाका लागि रुपन्देहीको भैरहवा र बाँकेको खजुरामा गरी २ वटा मात्र बीउबिजन प्रयोगशाला रहेकाले किसानको पहुँच पुगेको छैन।

ranechhap