काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जारी गरेको प्रेस वक्तव्यप्रति आपत्ति जनाएका छन् । सभामुख सापेकाटो सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै आफूले बोल्दै नबोलेको कूप्रचार गरेको आरोप लगाएका छन् ।
एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न मंगलबार जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो ।









































