हेटौंडा । हेटौँडा उपमहानगरपालिका ४ सुर्यचोककी सुस्मिता क्षेत्री थापाको हत्या गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतकका ससुरा नन्द मिलेर क्रुरतापुर्वक गरेको हत्यामा सासु र आमाजु पनि संग्लन भएको भन्दै प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, जेठि नन्द दुर्गा कार्की,कान्छी नन्द सिता थापालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपि शुसिल सिं राठौरका अनुसार “ मिति २०७७ साल असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतकको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए ।
मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए । सुस्मीता महिनावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन्, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गर्छन् । त्यसपछि सुस्मीता भुईमा लड्छिन र सोहि मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्रहार गरि उनलाई थप घाईते बनाउछिन् । सुस्मिताले बचाउ, बचाउ भन्ने स्वर निकालेपछि सासु तुलासापनि भान्छाकोठामा आउँछिन, ततपश्चात सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाउछन र पुन प्रकाश र सिताले घाइते सुस्मितालाई लौरो र लोहोरोले प्रहार गरि हत्या गर्छन् ।
सुस्मिताको मृत्युपछि प्रकाश र सिता मिलेर उक्त कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गर्छन् । जिउमा लागेको रगत पखाल्दै नुहाएर बुबाछोरी सुत्छन् । भोलीपट आफैले मेरो बुहारीले आत्महत्या गरिन भन्दै गाउँलेलाई पनि बोलाउछन् ।”
हत्या अभियोगमा समातिएकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।