काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न चेतावनी दिएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन जारी राखेपछि महामन्त्री शर्माले सरकारमा रहँदा मर्यादा पालना गर्नुपर्ने बताएका छन् ।
सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’ सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीले असहयोग गरेको पनि उनले बताएका छन् ।
केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा ओलीको नैतिक जवाफदेहीता खोजिने पनि उनले उल्लेख गरेका छन् ।
कुनैपनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल बन्नुहुन्न l अमेरिका-चिन `टग अफ वार´ मा नेपाल एकको `रस्सि´ समाउन पछि उभिनु हुन्न l एउटा मित्रको ऋण लिन तयार अर्कोको अनुदान अस्विकार गर्नैहुन्न !
शर्त केवल यत्ति कुनैपनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल कहिल्यै पनि बन्नुहुन्न !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 24, 2022







































