काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने यदि त्यस्तो षड्यन्त्र गरेको भए किन देश निकाला नगरेको भनेर प्रश्न गरे ।
नागरिकता विधेयकको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराई देश गम्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको बताए ।
कहिले पार्टी फुटाउने विधेयक ल्याएको त कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर जग हसाएका प्रधानमन्त्रीले अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्र गरेको बताएको उनले बताए ।
डा. भट्टराईले अघि भने, त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?’