गोरखा । गोरखा नगरपालिकाको शुक्रबार हुने नवौं नगरसभाको लागि बिहीबार बसेको तयारी बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।
आफूहरुसँग समन्वय नगरी पूर्वाग्रही ढंगले वडाका योजना छनोट गरी बजेट विनियोजन गरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।
‘एक त कोभिडका कारण भन्दै यसअघि वडामा परेका केही योजनाको बजेट पनि रकमान्तरण गरे,’ वडा नम्वर १३ का अध्यक्ष हरि खनालले भने, ‘अहिले वडामा नयाँ योजना छनोट गर्दा पनि हामीसँग सरसल्लाह नगरी मनपरी ढंगले गरेपछि हामीले विरोध गरेका हौ ।’
आवश्यकताको आधारमा भन्दा राजनीतिक पूर्वाग्रह प्रेरित भएर बजेट बाँडफाँट गरिएको भन्दै उनले आपत्ति जनाए ।









































