वि.सं.२०८३ वैशाख ९ बुधवार

शनिबार थप १ हजार २०७ जनामा कोरोना पुष्टि, हालसम्म मृतक संख्या ४६७ जना

khanepani

काठमाडौं । शनिबार थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

कुल संक्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।

त्यस्तै यस दिन मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।

ranechhap