वि.सं.२०८३ वैशाख ९ बुधवार

काठमाडौंमा ५८३ सहित उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित

khanepani

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ५ सय ८३, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारमात्रै एक हजार १ सय ४७ जना निको भई घर फर्किसकेका छन् भने थप ८ जनाले ज्यान गुमाएका छन्।

ranechhap