वि.सं.२०८३ वैशाख १८ शुक्रवार

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोना संक्रमित

khanepani

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित देखिएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

२४ घन्टाको अवधिमा सोमबार ६ सय ७४ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

पछिल्लो २४ घन्टमा देशभर १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ महिला र १ जना पुरुषको मृत्यु भएको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

ranechhap