वि.सं.२०८२ माघ ३ शनिवार

नेपाली कांग्रेसका सभापति देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचारबाहेका केही नगरेको आरोप लगाए

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको आरोप लगाएका छन ।

१०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताए । उनले भने, सरकारले कुनै चिन्ता गरेको छैन । कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन ।’

सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएकमो उनको आरोप छ ।

नेपाललाई कोरोनामुक्त बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै उनले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।