गुल्मी । आफ्नी जेठी आमाको हत्या गरेकाे आरोपमा गुल्मीका एक युवक पक्राउ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले हत्या अभियोगी बिकलाई हिजो नै पक्राउ गरी हिरासतमा राखिएको बताए ।
जिल्लाको रेसुङ्गा नगरपालिका–१३ , दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस वडाका वडाध्यक्ष खुम खत्रीका अनुसार मदिरा सेवन गरेका उनले दिउँसो सामान्य विवादको आवेगमा आइ जेठी आमालाई चिर्पटले हान्दै हत्या गरेका थिए । दिनहुँ मदिरा सेवन गर्ने गरेका कारण बिककी श्रीमतीले सम्बन्धविच्छेद गरेर बसेकी छन् ।




































