वि.सं.२०८२ कात्तिक ३० आइतवार

अमेरिकामा अर्का निहत्या अश्वेत अमेरिकीको प्रहरी ज्यादतीका कारण निधन, सात प्रहरी निलम्बित

khanepani

एजेन्सी । अमेरिकाको रोचेस्टर शहरका मेयर लभ्ली वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने सात प्रहरीलाई निलम्बित गरेकी छन् ।

पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीका रोचेस्टरका अश्वेत अमेरिकी ड्यानिएल प्रुडेको निधन भएको खबर बाहिरिएपछि मेयर वारेनले सात प्रहरी अधिकारीलाई निलम्बित गरेकी हुन् ।

मानसिक स्वास्थ्य समस्या भएका ड्यानिएललाई प्रहरीले नियन्त्रणमा लिने क्रममा ९स्पिट हूड० लगाएको थियो ।

पक्राउ गर्ने क्रममा मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो । तर सोही स्पिट हूडका कारण निसास्एिर उनको निधन भएको हो ।

संस्थागत रुपमा रहेको रंगभेदका कारण ड्यानिएलको निधन भएको रोचेस्टरकी मेयर वारेनले बताएकी छन् ।

४१ वर्षका ड्यानिएलको गएको मार्च ३० मै निधन भएको हो । प्रहरीले पक्राउ गर्दा निसास्सिएर गम्भीर बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरेको सात दिनपछि निधन भएको हो । तर घटना अहिले मात्रै सार्वजनिक भएको हो ।

उनको निधन गएको मे २५ मा मिनेशोटामा प्रहरी बर्बरताकै कारण मारिएका जर्ज फ्लोइडको भन्दा दुई महिना पहिले भएको हो । फ्लोइडको निधनपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेत विरुद्ध आन्दोलन हुँदै आएको छ ।

फ्लोइड र ड्यानिएलमाथि प्रहरीले पक्राउ गर्ने क्रममा गरेको व्यवहार समान खालको रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु दुवैलाई प्रहरीले टाउको अँठ्याएर प्रक्राउ गरेको थियो ।

सात प्रहरीलाई निलम्बित गरेकी मेयरले घटनाको अनुसन्धान नगरकी न्यायाधीवक्ताले गरिरहेको बताएकी छन् ।