वि.सं.२०८३ जेठ १ शुक्रवार

बाइडेनले गरे ज्याकोब ब्लेकसँग टेलिफोन संवाद, जसलाई ट्रम प्रशासनले सात पटक गोली प्रहार गर्यो

khanepani

एजेन्सी । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले प्रहरीको गोली लागेर गम्भीर अवस्थामा उपचाररत अश्वेत अमेरिकी ज्याकोब ब्लेकसँग कुराकानी गरेका छन्।

विस्कनसिनको केनोशामा ब्लेकको ढाडमा प्रहरीले सातपटक गोलीप्रहार गरेपछि केनोशासहित अमेरिकाका अरु शहरमा ठूलो प्रदर्शन हुँदै आएको छ।

प्यारलाइज्ड भएका ब्लेकसँग पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले टेलिफोनमा कुराकानी गरेकाहुन्। टेलिफोन कुराकानीको क्रममा ब्लेकले आफू पुनः हिँड्न सके पनि वा नसके पनि हिम्मत भने नहार्ने बताएको बाइडेनले उल्लेख गरेका छन्।

केनोशापुगेका बाइडेनले ब्लेकको परिवारलाई भेटेका हुन् भने ब्लेकसँग टेलिफोनमा कुराकानी गरेका हुन्। उनले स्थानीय चर्चमा भेला भएकाहरुलाई सम्बोधन गर्ने क्रममा ब्लकेले कुनै पनि हालतमा हिम्मत नहार्ने बताएको उल्लेख गरे।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार केनोशा गएका थिए । उनले ब्लेकको परिवारसँग भेट गरेनन् । तर ब्लेकमाथि गोली प्रहारको विरोधमा भएको प्रदर्शनको र छिटफुट हिंसाको क्रममा क्षति पुगेको क्षेत्रको अवलोकन गरी प्रहरीको बचाउ गरेका थिए।

राष्ट्रपति चुनावका लागि विस्कनसिन महत्पवूर्ण राज्य हो । सन् २०१६ को चुनावमा ट्रम्प सो राज्यमा साँघुरो अन्तरले विजयी भएका थिए । दशकौँदेखि यो राज्यले राष्ट्रपतिमा विजयी हुने उम्मेदवारकै पक्षमा आफ्नो मत दिँदै आएको छ।

ट्रम्पले यो पटक ल एण्ड अडरलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । तर बाइडेनले भने मुखले त्यसो भने पनि ट्रम्पले रंगभेद निम्ल्याएर अराजकताको अवस्था सिर्जना गरी राजनीतिक फाइदा लिन खोजेको आरोप लगाउँदै आएका छन्।

बाइडेन र उनकी पत्नी जिलले ब्लेकका आफन्तसँग मिलवाकी विमानस्थलमा गोप्य रुपमा भेट गरेका हुन् । त्यहिँबाट बाइडेनले ब्लेकसँग टेलिफोनमा कुरा गरेका हुन् । भेटमा ब्लेक परिवारका वकिल पनि उपस्थित थिए । वकिल उपस्थित हुने भएकै कारण ट्रम्पले ब्लेक परिवारसँग भेट गरेका थिएनन्।

भेट गोप्य भए पनि बाइडेन र ब्लेक परिवारले त्यसबारे पछि जानकारी गराएका थिए । बाइडेनले ब्लेकको परिवार आशावादी रहेको बताए।

भेटबारे स्पष्ट पार्दै ब्लेक परिवारका वकिलले बाइडेनबाट ब्लेक परिवार प्रभावित भएको बताएका छन्।

बाइडेनले परिवारका सदस्यको कुरा एकदमै ध्यान दिएर सुनेको उनले उल्लेख गरेका छन्।

भेटपछि केनोशामा भएको सामाजिक अगुवासँगको भेटमा बाइडेनले ट्रम्पमाथि आक्रमण गरे । ट्रम्पको असक्षम नेतृत्वका कारण अमेरिका अहिलेको तनावग्रस्त अवस्थामा आएको बाइडेनले आरोप लगाएका हुन्।

ranechhap