वि.सं.२०८३ असार १५ सोमवार

मंगलबार गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार जसपाले गठबन्धन सरकारमा चार मन्त्रालय पाउने

khanepani

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनता समाजवादी पार्टीले पाउने भएको छ ।

मन्त्रालय टुंगो लगाउने बसेको गठबन्धनको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन म्न्त्रालय जसपाले लिने टुंगो लागेको छ । गठबन्धन बैठकमा सहभागी एक नेताले इकर्मचारी डटकमलाई दिएको जानकारी अनुसार संघीय मामिला तथा सामान्य प्रशासनसहितका ४ मन्त्रालयले जसपाले लिने टुंगो लागेको हो ।

मंगलबार गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार जसपाले गठबन्धन सरकारमा चार मन्त्रालय पाउने छ। जस अनुसार, जसपाले भौतिक पूर्वाधार मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय र वन मन्त्रालय पाउनेछ ।

यद्यपि भौतिक पूर्वाधार र वन मन्त्रालयमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको भए पनि अन्ततः ती मन्त्रालय जसपाको भागमा परेको बताइएको छ ।

ranechhap