काठमाडौं । सरकारले बनाएको मापदण्ड अनुसार नेपाल एयरलाइन्सले २१२ जना यात्रुलाई होटल क्वारिन्टिनमा राख्नु परेको छ ।
जापानको नारिताबाट नियमित उडानमा आएका एक जना यात्रुको गल्ती र एयरलाइन्सको हेल्चेक्राइले गर्दा निगमलाई ठूलो क्षेति हुन पुगेको हो । २१२ जनाको होटल क्वारिन्टिनको खर्च निमगले व्यहोर्नु पर्ने छ ।
यो गन्तब्यमा बुधबार राति काठमाडौंबाट उडेको जहाजले बिहीबार साँझ २१२ जना यात्रुलाई काठमाडौं ल्यायो । नारिताबाट जहाज चढ्ने बेला प्लेनमा सबै जना पीसीआर परीक्षण गरेका यात्रु मात्र भएकाले सबै जना घर जान पाउनेमा ढुक्क थिए । सरकारी नियम पनि त्यस्तै छ ।
तर, काठमाडौं झरिसकेपछि सेनाले कसैलाई घर जान अनुमति दिएन । कारण थियो, एक यात्रुसँग पीसीआर नभएर आरटीडी मात्र गरिएको रिपोर्ट भेटिनु ।
नेपाली सेनाले नेपाल एयरलाइन्सलाई नियम मिचेको भन्दै होटल खोजेर सबैलाई क्वारिन्टिन गर्न भन्यो ।
ती यात्रु कसरी आरडीटी रिपोर्टका भरमा काठमाडौं ओलिएर भनेर सोधखोज गर्दा विमानस्थलमा गम्भीर जाँच नभएको र यात्रुले पनि आफ्नो रिपोर्ट आरडीटीको भएको नबताएको पाइएको छ ।







































