वि.सं.२०८३ वैशाख १९ शनिवार

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमा कोरोना भाइरस संक्रमण

khanepani

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमा कोरोना भाइरस संक्रमण देखिएको छ।

ललितपुरको स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणबाट मेयर बस्नेतमा कोरोना पुष्टि भएको उपमेयर सुशीला अधिकारीले जानकारी दिइन्।

‘मेयरसाबको स्वाब हिजो स्टार अस्पतालमा परीक्षणका लागि दिइएकोमा आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्, ‘मेयरसाब होम आइसोलेसनमा बस्नुभएको छ।’

मेयर बस्नेत बिहीबार नगरपालिका कार्यालय गएका थिएनन्। यस्तै उपमेयर अधिकारीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको हो।

यसअघि भदौ १२ गते टेकुमा स्वाब दिइए पनि मेयर बस्नेत र वडाध्यक्ष बुढाथोकीको रिपोर्ट नेगेटिभ आएको थियो।

पुन: स्वाब परीक्षणका क्रममा दुबै जनामा कोरोना संक्रमण देखिएको उपमेयर अधिकारीले बताइन्।

ranechhap