वि.सं.२०८३ असार १५ सोमवार

८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते

khanepani

काठमाडौं । सभामुखले संविधानको धारा १ सय ५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने स्मरण गराए । यस्तै उनले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे । एमालेले कारवाही गरेका १४ संसदमाथिको कारवाहीको सूचना टाँस वा सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिए । कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।

ranechhap