वि.सं.२०८३ वैशाख १९ शनिवार

जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी

khanepani

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाइ छ ।

जनमत पार्टीका कार्यकर्ताले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । ताला लगाउने क्रममा उनीहरुले न्यायिक समितिको कार्यकक्षमा तोडफोड गरेको उपमहानगरपालिकाका कर्मचारीले बताएका छन् ।

यस्तै, जथाभावी सडक खनेर अलपत्र पारिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् ।

ranechhap