वि.सं.२०८३ वैशाख १९ शनिवार

पोखरामा जुवा खेलिरहेको अवस्थामा ३ बुक तास र नगदसहित १८ जनालाई पक्राउ

khanepani

कास्की । पोखरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । पोखरा–१९ गैरीखोरस्थित रहेको बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुनको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेका नौ जनालाई नगद ३४ हजार र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी पोखरा–१९ लामाचौरस्थित हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा नौ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई नगद ४५ हजार र ३ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap