काठमाडौं । कीर्तिपुरको आइशोलेशन सेन्टरबाट फरार भएका लागुऔषध कसुरका अभियुक्त पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट १९ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको गरेको डीएसपी ठाकुर पोखरेलले बताए ।
मंगलबार अपरान्ह अभियुक्त तामाङ कीर्तपुरको आइसोलेशन सेन्टरबाट फरार भएका थिए । यसअघि लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट तामाङ पक्राउ गरेको थियो ।









































