वि.सं.२०८३ वैशाख १७ बिहीवार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने विषयमा तीन जिल्लाको सिडियोहरुको साझा धारणा तयार

khanepani

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेका छन्।

स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि आफूहरूले साझा धारणा तयार गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

उनका अनुसार दुई विकल्पमा छलफल भएको छ। पहिलो, हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने। दोस्रो, निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने।

‘दुवै विकल्पमा धारणा बनेको छ, हामी गृह मन्त्रालयमा यो धारणा भोलि लैजान्छौं,’ दाहालले भने।

गृहले अनुमोदन गरेपछि निषेधाज्ञाबारे तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने उनले बताए।

‘जुनसुकै विकल्पमा पनि जान सकिन्छ, अहिले परिस्थितिअनुसारको विकल्पको उपयुक्तता हेरेर गृहले अनुमोदन गरेपछि हामी निर्णय गर्छौं,’ उनले भने।

मंगलबार १२ बजेदेखि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल छलफलमा थिए।

कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ।

ranechhap