वि.सं.२०८३ वैशाख १७ बिहीवार

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि अब भर्चुअल बैठकमा

khanepani

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू पनि अब भर्चुअल बैठकमा ।

उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने/नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन्।

‘हामी तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेर निषेधाज्ञाबारे साझा धारणा बनाउँछौं,’ दाहालले भने।

तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइने छ।

‘गृहको सुझावपछि हामी भोलि पुनःबैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्छौं,’ दाहालले भने।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घट्न सकेको छै ।
नागरिक स्तरमा दूई थरि धारण सामाजिक संजालमा सार्वजनिक भइरहेका छन । कोरोनाको कुनै औषधि बजारमा नभएको अवस्थामा निषेधाज्ञाको विकल्प समेत छैन ।

ranechhap