29, Apr, 2024

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

Bagmati Voice
संवाददाता
१६ भाद्र २०७७, मंगलवार १२:३० | ३ साल अगाडी

काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।

१६ भाद्र २०७७, मंगलवार १२:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading