वि.सं.२०८२ माघ ३ शनिवार

यीनै हुन ठेकेदारका कारण केयुकेएल बद्नाम, काम नदिने हाकिमको पत्रिकामा समाचार ?

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महांकालचौर शाखाको अनियमितता र भ्रष्टाचारको समाचार वाहिरीएपछि ठेकदारहरुको रुवावासी चलेको छ ।
महांकालचौर केयूकेएलको आकर्षक शाखा हो । यस शाखामा शाखा प्रमुख, लेखा प्रमुख, वितरण प्रमुख र खरिद प्रमुख भएर सरुवा हुन युनियनको नेता हुनु पर्छ । कि त मन्त्रालयको पावर लगाउनु पर्ने केयूकेएल कर्मचारीहरुको दावी छ ।

केयूकेएलमा विज्ञापनको काम गर्न छिरेरका एक स्वघोसित पत्रकार अहिले केयूकेएलका पाइप लाइन खन्ने र पुर्ने कामका ठेकेदार भएका छन । उनी केयुकेएलका शाखाहरुमा समान सप्लार्यको काम समेत गर्दै आएका छन । उनी पछाडि भिर्ने झोला र हातिछाप चप्पल लगाएर केयूकेएलका शाखा चाहर्दै विज्ञापन खोज्र्दै हिड्दा केयुकेएलका एक जना कर्मचारीले आर्शिवाद दिएपछि अहिले गाडि चड्ने हैसियत बनाएका छन । उनको केयुकेएलका सबै शाखा, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्ड र पिआईडी भन्दा अन्य कतै पनि काम छैन । उनी आफुलाई पत्रकार पनि भन्न रुचाउँछन । उनले कुनै एक जिल्लाको ठेगाना रहेको अनलाइनबाट सूचना विभागको पास बोकेर दूरुपयोग समेत गरिरहेको सूचना हामिलाई प्राप्त भएको छ ।

उनी यहि पास बोकेर खानेपानीका लिक टाल्न हिड्ने गरेको केयूकेएल स्रोतले बताएको छ । उनी केयुकेएलका हाकिमहरुलाई काम नदिए पत्रिकामा छापिदिन्छु भन्दै धम्काएर काम हात पार्ने गरेका छन । काम नदिने कर्मचारीहरुको हुर्मत लिन उनी पछि पनि पर्दैनन । उनले काम नदिने एक वम थरका कर्मचारीको एक अनलाइनमा समाचार समेत छपाएका छन ।

केयूकेएलको समाचार नेपाली जनतामा प्रकाशित भएपछि आतिएका ठेकेदार प्रकाश लामिछानेले पत्रिकासँग असम्बन्धीहरुलाई समेत धम्काउर्दै थर्काउदै हिडेको थाहा भएको छ । गोरखा निवासी ठेकेदार लामिछानेको एकाएक आर्थिक हैसियत आकाशिएपछि उनको बारेमा समेत संम्पतिशुद्धिकरणमा उजुरी परेको सम्पतिशुद्धिकरण विभाग स्रोतले बताएको छ । उनले काम गर्ने शाखाहरुको समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी रहेको समाचार स्रोतले दावी गरेको छ । उनले खानेपानीकै एक कर्मचारी मार्फत अख्तियार दूरुपायोग अनुसन्धान आयोगका खानेपानी फाँटका कर्मचारीलाई ठेकि कोशेली पुर्याउने ती नै कर्मचारीले बताएका छन ।

ठेकेदार लामिछानेले एड ओए विज्ञापन एजेन्सीबाट विज्ञापन बजारमा छिरेका थिए । उनले यहि कम्पनीबाट बैद्य र अबैद्य धन्दा समेत चलाउदै आएका छन । उनले यहि कम्पनीबाट विज्ञापन प्रकाशित नै नगरिकन धेरै सरकारी र गैर सरकारी संस्थाहरुमा फर्जी विल समेत काटेर कमिशनमा लाखौ भुक्तानी लिएपछि अहिले यो कम्पनीबाट कारोवार बन्द गरेर अन्य कम्पनीहरु संचालन गरेको समाचार छ । लामिछाने अहिले सासा नामको कन्ट्रक्सन कम्पनी मार्फत खानेपानी दर्जनौ कोटेशनका काम गर्दै आएको एक शाखाका कर्मचारीले बताएका छन । उनको क्षेत्रपाटी शाखा बाहेक अन्य सबै शाखामा काम गरेको सूचना प्राप्त भएको छ ।

उनको दादागिरीले केयुकेएलका कर्मचारीहरु आजित भएका छन ।