वि.सं.२०८३ असार १ सोमवार

ईपीएल क्रिकेट खेल्न नेपाल आइपुगे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी

khanepani

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आएका छन् ।

काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले भने, ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’

उनका अनुसार ईपीएलमा उनले दुई खेल खेल्नेछन् ।
ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ ।

ranechhap