वि.सं.२०८३ असार १ सोमवार

कटुवा पेस्तोल र २ वटा गोली सहित एकजना पक्राउ

khanepani

काठमाडौं । रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित भलुईयाबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षका संजय शाह सोनार छन् । सोनारको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा सो हतियार फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ranechhap