वीरगन्ज । वीरगन्जमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
रौतहटको राजपुर निवासी उनको आइतबार बिहान पौने ८ बजे गण्डक अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या रहेको डा. चौरसियाले जनाए।
मृतकको शव नेपाली सेानको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
शनिबार बेलुकी रौतहटकै ३० वर्षीय युवकको पनि वीरगन्जमा मृत्यु भएको थियो। वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको मृत्यु भएको थियो।









































