वि.सं.२०८३ असार १० बुधवार

शुक्रबार एकै दिन नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

khanepani

काठमाडौं । शुक्रबार एकै दिन नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको छ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्। यसरी मृत्यु हुनेमा छुट्टाछुट्टै ११ जिल्लाका छन्। मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मकवानपुर र प्युठान जिल्लामा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा देशभर ८ सय ३८ संक्रमित थपिएका छन्। यो संख्या थपिएसँगै कुल संक्रमित हुनेको संख्या ३० हजार नाघेको छ। यीमध्ये सक्रिय संक्रमित अर्थात उपचार भइरहेकाहरुको संख्या १२ हजार १ सय ३२ जना छ।

ranechhap