18, May, 2024

कर्णाली नदीमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुग्यो

Bagmati Voice
संवाददाता
१७ श्रावण २०७८, आईतवार १७:२३ | २ साल अगाडी

धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । डुंगा दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको थियो ।

डुंगा दुर्घटनामा परी बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली नदीमा काठको डुंगामा सवार १० जना सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिएको हो । डुंगामा सवारमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

१७ श्रावण २०७८, आईतवार १७:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading