वि.सं.२०८२ कात्तिक ३० आइतवार

धरानमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु

khanepani

सुनसरी । कोभिड-१९ बाट प्रदेशमा थप एक जनाको ज्यान गएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएकी महिलालाई शनिबार राति ११स्३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो।

विराटनगर तिनपानीकी उनलाई ४(५ दिनदेखि ज्वरो, खोकी र श्वास फेर्न समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए।

उनमा फोक्सो र थाइराइडका साथै मुटुसम्बन्धी समस्या रहेको र यसअघि भारतमा उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ।

‘उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको,’ प्रवक्ता सापकोटाले भने।

यो सँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। जसमध्ये ४ जना प्रदेश २ का छन् भने १० जना मोरङका मात्रै छन्।