वि.सं.२०८३ वैशाख २ बुधवार

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र स्त्री रोग विभाग प्रमुखलाई कोरोना

khanepani

चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र स्त्री तथा प्रसुति रोग विभागका प्रमुखलाई पनि कोरोना संक्रमण देखिएको छ।

अस्पतलका अध्यक्ष डा.भोजराज अधिकारीले मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी, स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे। अर्का एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको उनले बताए।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.अधिकारीले बताए।

अस्पताल तथा सरोकारवाला निकायको आकस्मिक बैठक बसेर अस्पताल कसरी सञ्चालन गर्ने बारे निर्णय गरिने अध्यक्ष डा.अधिकारीले बताए। अस्पतालको आकस्मिक कक्षलाई अर्को ठाउँमा सारेर आधारभूत सेवा दिने तयारी भइरहेको उनले बताए।

यसअघि सोही अस्पतालको आइसियू कक्षमा कार्यरत र प्यथोलोजिस्ट डाक्टरलाई कोरोना पुष्टि भएको थियो।

पछिल्लो समय चितवनमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढेको छ।

शनिबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाका केशव भट्टले जानकारी दिए। यहाँ दुई जना नर्स र तीन जना एटेन्डरलाई संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो।

भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा कार्यरत एक जनामा पनि कोरोना पोजेटिभ देखिएको भट्टले बताए। यहाँको सेन्ट्रल अस्पतालबाट स्वाब संकलन गरिएका एक जनामा पनि कोरोना पुष्टि भएको छ।

नर्समा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भरतपुर अस्पतालको आकस्मिक कक्ष शनिबार रातिबाट सञ्चालनमा ल्याइएको छ।

क्यान्सर अस्पतालको मेडिसिन वार्ड भने अझै सिल छ। मेडिसिन वार्ड सिल हुँदा किमो चढाउनुपर्ने अवस्थाका क्यान्सरका बिरामीहरुलाई असर परेको छ।

चितवनमा अहिलेसम्म दुई दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन्। शनिबार राती चितवनका २७ सहित २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

ranechhap