वि.सं.२०८३ असार १३ शनिवार

कपिलवस्तु जहदी चोकबाट अमेरिकन पेस्तोल सहित एकजना युवक पक्राउ

khanepani

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट प्रहरीले अमेरिकन पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरेको छ। साउन १ मा पक्राउ परेका यादवलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए । २०७५ असार र ०७७ फागुन १७ मा हातहतियार तथा खरखजाना र चोरी मुद्दामा पक्राउ परेका यादव धरौटीमा छुटेका थिए ।

ranechhap