वि.सं.२०८१ फागुन ४ आइतवार

पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि

काठमाडौं । पाल्पामा एकै दिन ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले बिहीबार विहान सूचना निकालेर जानकारी दिएको हो ।

भरतपुर प्रयोगशालामा एउटै जिल्लाको एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यसअघि जेठ २६ मा एकै दिन तीस संक्रमित फेला परेका थिए ।

पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा स्वाबका नमूना परीक्षण गर्न चितवनको भरतपुरस्थित प्रयोगशालामा ल्याइएको थियो ।

Untitled