वि.सं.२०८२ चैत ३० सोमवार

१० बुँदे सहमतिले माधव समूहमा असन्तुष्टि, प्रतिगमनका अगाडि घुँडा टेकेको आरोप

khanepani

काठमाडौं। एमाले एकताका लागि गठित वार्ता कार्यदलले गरेको १० बुँदे सहमतिप्रति माधव नेपाल समूहमा असन्तुष्टि बढेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल स्वयंले सम्झौताप्रति असन्तुष्टि जनाएका बेला उनी निकट नेताहरुले यो सहमति अश्वीकार गर्ने बताएका छन् ।

नेपाल निकट पोलिटव्युरो सदस्य डा. विजय पौडेलले यही सहमति भएको हो भने प्रतिगमनका अगाडि घुँडा टेकेको बताएका छन् । उनले यस्तो सहमतिले पार्टी एकता नहुने समेत प्रष्ट पारेका छन् ।

पौडेलले भनेका छन्, ‘यदि यसमा सहमति भएको हो भने यो लिखत प्रतिगमनका अगाडि घुँडा टेकेको हो । ‘प्रतिनिधिसभा बिघटन गर्नु गलत थियो’सम्म भन्न नसक्ने यस्तो सहमतिले पार्टी एकता हुन्न ।’

अर्का पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडाले सहमतिको राजनीतिक अन्तरवस्तुमा आफू अहिले टिप्पणी नगर्ने र माधव नेपाल समूहमा छलफलपछि प्रतिक्रिया दिने बताए ।

तर, प्राविधिक कुरामा भने आफू असहमत रहेको खतिवडाले बताए । उनले आफूलाई नेकपा एमालेको १४ औं केन्द्रीय कमिटी बैठकमा सहभागिताका लागि एसएमएस आएको भन्दै त्यो मान्य नहुने बताए ।

खतिवडाले नेपाल प्रेससँग भने, ‘२०७५ जेठ ३ गते एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो । अब १० औं बैठक बस्नुपर्नेमा १४ औं बैठक भनेर बोलाइनु फागुन २८ यताका सबै निर्णय मान्य हुने हो । यो कसरी हुन्छ ?’

खतिवडाले १० बुँदे सहमतिले प्रतिनिधिसभा विघटन सही हो भनेर पुनःस्थापनाको विपक्षको आशय व्यक्त गरेको बताए ।

ranechhap