वि.सं.२०८३ वैशाख ८ मंगलवार

प्राविधिक तर्फ सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

khanepani

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्राविधिक तर्फ रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार अपराह्न सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय गोपालप्रसाद सिग्देल, राजेन्द्रप्रसाद खनाल र सरजु कुमार वैद्यको नाम सिफारिस गरेको हो ।

भोलि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ ।

ranechhap