काठमाडौं । नेपालमा थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .कृष्ण प्रसाद पौडेलले दिएको जानकारीका अनुसार थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट ४८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो।
त्यस्तै, काठमाडौं उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन् ।








































