वि.सं.२०८२ वैशाख १० बुधवार

दक्षिणी फिलिपिन्समा एक सैन्य विमान दुर्घटनाग्रस्त

एजेन्सी । दक्षिणी फिलिपिन्समा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । फिलिपिन्सका सेना प्रमुखले यसबारे जानकारी दिएका छन् ।
जनरल सिरिलिटो सोबेजानाले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा सी–१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने कोसिसको क्रममा दुर्घटनाग्रस्त भयो ।

कम्तीमा ८५ जना सवार उक्त विमानमा दुर्घटनापछि आगलागी भएको थियो । जलिरहेको विमानबाट ४० जनालाई निकालिएको छ र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ जबकी दुर्घटनास्थलबाट १७ शव बरामद गरिएको छ ।

सोबेजानाका अनुसार राहत र उद्धारकर्मी घटनास्थलमा छन् र आफूहरुले मानिसहरुको ज्यान बचाउन सकियोस् भनेर प्रार्थना गरिरहेको उनले बताए ।
‘यो निकै दुर्भाग्यपूर्ण छ । विमान रनवेबाट बाहिरियो । त्यो सम्हाल्ने कोसिस असफल रह्यो र विमान दुर्घटनाग्रस्त भयो । मध्य फिलिपिनसमा वर्षा भइरहेको छ तर दुर्घटना खराब मौसमका कारण भएको हो कि होइन भन्ने स्पष्ट छैन ।

सुलुको मुख्य शहर जोलोमा विमानस्थल एक पहाडी इलाकाभन्दा केही किलोमिटर टाढा छ । यहाँ सेना अबू सय्यफ नामको चरमपन्थी गुटसँग लडाईं जारी छ । यीमध्ये केही उग्रवादीले आफूलाई इस्लामिक स्टेट समूहसँग जोडेका छन् ।

एएफपीका अनुसार विमानमा सवार थुप्रै यात्रीले हालै सैन्य प्रशिक्षणमा स्नातकको डिग्री लिएका थिए र उनीहरुलाई मुस्लिम बहुल अशान्त क्षेत्रमा चरमपन्थीसँग लड्ने एक टास्क फोर्सको हिस्साको रुपमा तैनाथ गरिँदै थियो ।

दक्षिणी फिलिपिन्समा थुप्रै चरमपन्थी गुट छन् त्यैले त्यहाँ ठूलो संख्यामा सैनिक तैनाथ रहन्छन् ।