वि.सं.२०८३ वैशाख २२ मंगलवार

क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

khanepani

काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो २ बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन । शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् ।

क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड नहुँदा समितिको काम प्रभावित भएको छ । असार २० गतेसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको समितिले मापदण्ड नहुँदा विवादित जिल्लाका क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाउन सकेको छैन ।मापदण्ड बनाउने जिम्मा पार्टी पदाधिकारीलाई दिइएपनि शीर्ष नेताहरुबीच साझा धारणा बन्न नसकेको हो ।
अहिले पार्टी कार्यालयमा नेताहरु आ–आफ्नो समूहसँग छलफलमा रहेको एक नेताले बताए । नेताहरुबीच अनौपचारिक सहमति जुटेपछि बैठक सुरु हुने ति नेताले बताए ।

आइतबारको पदाधिकारी बैठकमा समिति संयोजक रमेश लेखकले मापदण्डबारे मौखिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि शीर्ष नेताहरुबीच समान धारणा बन्न नसकेपछि थप छलफल गर्ने गरी शुक्रबार बैठक बोलाइएको हो । पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला, पुर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत रहेका छन् ।

क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने दवावमा कांग्रेस छ । पदाधिकारी बैठकले मापदण्ड टुंग्याए असार मसान्तभित्र सबै जिल्लाको सदस्यता टुंग्याउने समिति सदस्य कल्याण गुरुङले बताए । उनले मापदण्ड नहुँदा गम्भीर विवाद देखिएका करिव २५ जिल्लाको सदस्यताको काम रोकिएको बताए ।

ranechhap