08, Sep, 2024

यस्तो छ कोरोनाको पछिल्लो विश्व विवरण

Bagmati Voice
संवाददाता
११ असार २०७७, बिहीबार ०१:५४ | ४ साल अगाडी

एजेन्सी । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले विश्वमा कोरोना संक्रमितको संख्या ९३ लाख ९४ हजार नाघेको जनाएको छ।

उसका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८१ हजार नाघेको छ।

संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल रहेको छ।

अमेरिकामा संक्रमित संख्या २३ लाख ६९ हजार बढी भइसकेको छ भने १ लाख २१ हजार बढीको ज्यान गइसकेको छ।

केही अमेरिकी राज्यमा पछिल्लो समय पुनः कोरोना संक्रमित बढ्न थालेको तथ्यांक सार्वजनिक भएको छ। त्यसैले त्यहाँ कोरोना महामारीको दोश्रो चरण सुरू हुनसक्ने त्रास उत्पन्न हुन थालेको छ।

यस्तै दोश्रो धेरै संक्रमित रहेको ब्राजिलमा यो संख्या ११ लाख ८८ हजार पार भएको छ भने मृतक संख्या ५४ हजारको नजिक पुगेको छ।

यस्तै रूसमा ६ लाख ६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमितको अनुपातमा त्यहाँ मृतक संख्या अन्य मुलुकको दाँजोमा निक्कै कम छ।

हालसम्म रूसमा कोरोनाबाट ८ हजार ५ सय बढीको मृत्यु भएको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ।

यध्यपी विज्ञहरूले रूसले वास्तविक संख्या लुकाएको हुनसक्ने बताउँदै आएका छन्।

संक्रमित संख्याको आधारमा विश्वको चौथो मुलुक बनेको भारतमा हालसम्म ४ लाख ५६ हजार बढी संक्रमित फेला परेका छन् भने १४ हजार ४ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार बढी पुगिसकेको तथ्यांक छ।

यस महामारीका कारण हालसम्म बेलायतमा ४३ हजारबढीको मृत्यु भइसकेको छ।

११ असार २०७७, बिहीबार ०१:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading