लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ अन्र्तगत लायन्स क्लब अफ काठमाण्डौ गुलमोहरका चार्टर प्रेसिडेण्ट लायन सन्दिप पराजुली लायन्सहरुमा एक चीरपरचीत नाम हो । उहाँएक समाजसेवकका साथै सफल व्यवसायि पनि हुनु हुन्छ । विश्व मामानव समाजको हितका लागि निस्वार्थ भावनाले सेवादिने संस्था लायन्स क्लब अन्र्तर्राष्ट्रिय सबै भन्दा जेष्ठ संस्था हो । सन् २०११ मा लायन्स क्लब अफ काठमाण्डौ गुलमोहरका चार्टर प्रेसिडेण्ट लायन पराजुली मानव सेवाको क्षेत्रमा अग्रसर हुदै डिस्ट्रिक्टको जोन र रिजन चियर पर्सनको जिम्मेवारी सफलतापूर्वक सम्हालि सक्नु भएको छ ।
हाल कोरोना माहामारीका कारण विश्व लगभग लकडाउनको अवस्थामा गुज्रिरहेको छ । नेपालमा पनि कोरोना भाईरस बाट सर्तकता अपनाउन चैत्र १५गते २०७६ देखि लकडाउनमा जान बाध्य भएको छ । लकडाउनको अवस्थामा हुने खानेहरुलाई छोडेर हुँदा खानेहरुको अवस्था कहालि लाग्दो हुन पुगेको छ । जहाँ आवश्यक वहाँ हामी लायन्स छौ हामी सेवा दिन्छौ भन्ने लायन्स क्लब अन्र्तराष्ट्रियको मोटोलाई आत्मसात गर्दै चार्टर प्रेसिडेण्ट लायन परजुली, क्लब प्रेसिडेण्ट लायन अनिलराज भण्डरीका र उहाँको क्लब परिवारका साथै ३२५ ए २ कीजोन चियर पर्सन लायन लक्ष्मी महत दिनरात जनसेवाको कार्यमा खटी रहनु भएको छ ।
लकडाउनको अवस्थामा लायन सुदिप पराजुली सहितको टोलिले आठ लाख बराबरको राहत सामाग्री घर–घर र टोल–टोलमा पुगेर वितरण गरि सकेको छ । लकडाउनको अवधि भर असहाय र जरुरतमन्दवर्गमा राहत सामग्रीको सहयोग गरिरहने उहाँहरुको सोच रहेको बताउनु हुने लायन्स क्लब अफ काठमाडौं गुलमोहरका चार्टर पे्रसिडेण्ट लायन पराजुलीसँग हामीले गरेको संक्षिप्त कुराकानिमा भिडियो हेर्नु होला ।
तपाँईहरुले यो राहात सहयोगको कामकहिले बाट शूरु गर्नु भएको हो ?
हामिले राहत सहयोगको कामलकडाउन भएको केहि दिनभित्रैबाट शुरु गरेकाहौं । हाम्रो राहतको अभियान आजसम्म करिव ४० औ दिनको भइसकेको छ ।
अहिलेसम्मकति घरपरिवारलाई यो राहतवितरण गरेर सहयोग गर्नु भयो ?
अहिलेसम्महामिले करिव ८ सय ७७ घर र २० सय परिवारलाई हामिले निभ्नलागेको चुलो बालेका छौं ।
शुरुका दिनमा कसरी राहातवितरण गर्नु भयो ?
हामिले हाम्रो लायन्स क्लव गुलमोहर परिवारको सहयोगमा पहिलो दिन ४० पोका राहात लिएर निक्सकेका थियौं ।
यसको स्रोत के हो ?
यसको स्रोत पहिलो दिनहामिलायन्स क्लव अफ गूलमोहरको टिमले आफैले उठाएको पैसाबाट सूरु गरेका हौ । पछि अन्य दाताहरु पनि हामिसँग जोडिनु भएको छ ।
राहात वितरणको समयमा पिडादाएक क्षण केहि छन कि ?
निश्चितैरुपमा त्यस्ता अनुभवहरु हामिले पाएका छौं । कुनै कुनै ठाउँबाट त हामि रुदै रुदै पनिफर्किनु परेको अवस्था छ । आमाले आफ्नो दूई महिनाको वच्चालाई तातोपानीमा मिश्री घोलेर खुवाएको र कुनै कुनै घरमा बच्चाहरुलाई कयौदिन देखि दालमोट र चीउरामात्र खुवाएको पनि देखेका छौं ।
लायन्स लिडरहरु आफ्ना गतिविधिको प्रचार प्रशार किनगर्दैन ?
लायन लिडरले पनि प्रचार प्रसारमा जोड दिइरहनु भएको छ । मैले पनि हाम्रा लिडरहरुसँग बेला बेलामा कुरा गरिरहेको छु । उहाँले अहिलेको महामारीको समय माहामिले गरेको कामले लायन्सलाई स्थापित गर्ने काम गरेको छ, भन्नु भएको छ । लायन्सका गतिविधिहरुकावारेमा हाम्रा लायन्सका लिडरहरुले त्यतिप्रचार प्रसारमाध्यान नदिएको भन्न मिल्दैन । उहाहरु प्रचारमा लाग्ने खर्चलाई दिन दुखिको सेवामा लगाउन चाहानु हुन्छ । लिडरहरुले नै यसमा ध्यान नदिएको भन्न मिल्दैन ।
के तपाईहरुले वितरण गरिरहेको रहातले निरन्तरतापाउन सक्ला?
नेपालमा लकडाउन शूरु भएको करिव ६ दिन पछिबाट दुःखमा परेकाहरुको घरको आगो निभ्ननदिने अभियानमाहामी सामेल भएकाहौं । आजसम्मआइपुग्दाहाम्रो अभियानको ४९ औं दिन भयो ।
आठ समय घरमापुगेर २६ सय परिवारलाई यो खाद्य बस्तुको राहातगरिरहेका छौं । यो कार्यक्रम एभिज्युज च्यानलसँग मिलेर गरिरहेका छौं । यस कार्यक्रमको उदेश्य भनेको के भने ? लकडाउन अबधिभरको लागि मात्रहो । यो लकडाउनले गर्दा मानिसहरुले कामगर्न पाएका छैनन । जस्को घर माचुलो बाल्न समस्याभएको उनीहरुको लागि पुग्ने हिसावले यो अभियान अगाडि बढाएका छौं ।
यतिखेर सहरमाभन्दापनि ठुलो सख्यामा दुरदराजमा रहेका जनताहरुको लागि केहि सहयोग गर्ने कार्यक्रम छ कि ?
देशभर नै लायन्सहरुको चेन छ । हामि नै सबै ठाउमा पुग्नु पर्छ भन्ने छैन । बेनिमा एउटा समस्याआएको थियो ? बेनीमा साथि हुनु हुन्थ्यो चन्द्र केसी उहाँको टोलिबाट त्यहाँको समस्या समाधान भएको थियो ? विरगंजमा पनि समस्या आएको थियो त्यहाँ पनि लायन लिडरहरुले समस्या समाधनगर्नु भयो । नेपालमा लायन्सको ठूलो लहरो छ । जुनसुकै ठाउमा पनि समस्या परेको ठाउमा सहयोग हुन्छ ।