वि.सं.२०८३ असोज ७ बुधवार

चिनियाँ कम्युनिस्ट पार्टीमा व्यापक नेतृत्व फेरबदलको संकेत, हु चाङसेङलाई तिब्बतको जिम्मेवारी

khanepani

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले क्षेत्रीय नेतृत्वमा फेरबदलसँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा नयाँ पार्टी प्रमुख नियुक्त गरिएको छ। यसलाई आगामी महाधिवेशन अघि चीनको व्यापक राजनीतिक नेतृत्व संरचनाबारे संकेतका रूपमा हेरिएको छ ।

सीपीसीको हालै बसेको बैठकले हु चाङसेङलाई तिब्बत स्वायत्त क्षेत्रको चिनियाँ कम्युनिस्ट पार्टीका नयाँ प्रमुख नियुक्त गरेको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ । चीनमा क्षेत्रीय नेतृत्व तहमा भइरहेको फेरबदल अन्तर्गत हुले तिब्बतको सबै भन्दा महत्त्वपूर्ण राजनीतिक जिम्मेवारी सम्हाल्ने भएका हुन्।

तिब्बतमा पार्टी प्रमुखको पद क्षेत्रीय प्रशासनको सबैभन्दा शक्तिशाली राजनीतिक पद मानिन्छ। नयाँ नियुक्तिले तिब्बतमा चीनको राजनीतिक नेतृत्वमा परिवर्तन आएको संकेत गरेको छ।

तिब्बतसहित विभिन्न क्षेत्रमा भइरहेका नेतृत्व स्थानान्तरणलाई आगामी राष्ट्रिय पार्टी महाधिवेशनअघि चिनियाँ कम्युनिस्ट पार्टीको व्यापक नेतृत्व संरचना र राजनीतिक लाइनबारे संकेतका रूपमा समेत हेरिएको छ।

चीनमा प्रान्तीय तथा स्वायत्त क्षेत्रका पार्टी प्रमुखहरूको नियुक्ति केन्द्रको राजनीतिक नेतृत्वसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले यस्ता फेरबदललाई राष्ट्रिय तहको नेतृत्व व्यवस्थापनको महत्त्वपूर्ण हिस्सा मानिन्छ।

हु चाङसेङको तिब्बतमा नियुक्तिसँगै क्षेत्रीय नेतृत्वमा उनको अनुभव र आगामी जिम्मेवारीलाई चीनको केन्द्रले कसरी प्रयोग गर्न खोजेको हो भन्ने विषयमा पनि चासो बढेको छ। ६२ वर्षीय हु चाङसेङ यस अघि कुंघाइ प्रान्तको पार्टी सचिव थिए ।

मंगलबार तिब्बतको राजधानी ल्हासामा भएको एक बैठकमा हुले ‘पार्टीप्रति अविचलित र पूर्ण रूपमा वफादार रहने’, तिब्बतमा दीर्घकालीन शान्ति र स्थिरताको रक्षा गर्ने, जातीय एकता कायम गर्ने तथा ‘पृथकतावादविरुद्धको संघर्षलाई तीव्र बनाउँदै कानुनमा आधारित धार्मिक मामिला व्यवस्थापनलाई सुदृढ गर्ने’ प्रतिबद्धता व्यक्त गरेको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनका पूर्ववर्ती ६३ वर्षीय वाङ चुङझेङले पाँच वर्ष तिब्बतको पार्टी प्रमुखका रूपमा काम गरेपछि उमेरका कारण अब उक्त जिम्मेवारी सम्हाल्ने छैनन्।

वाङलाई सन् २०२१ मा चीनको सिनजियाङ क्षेत्रमा भएको भनिएको गम्भीर मानवअधिकार उल्लंघनसँग सम्बन्धित रहेको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

ranechhap