काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् ।
केन्द्रीय सदस्यहरुलाई बोल्न तीन मिनेट समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ एजेण्डामा बहस भइरहेको छ ।
आचार्यका अनुसार आज अबेरसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ ।
सचिवालय बैठकले केही मह्त्वपूर्ण निर्णय गर्ने र निर्णयहरु अनुमोदनका लागि पुन केन्द्रीय समितिमा प्रस्तुत गरिने आचार्यले बताए ।
पार्टीभित्र मतभेदबीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांस सदस्यले समर्थन जनाएका छन् ।
एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय, पोलिटव्यूरो र स्थायी कमिटी गठन गर्ने एजेण्डा पनि छ ।








































